
असोज २५, डोटी
डोटी उद्योग वाणिज्य सङ्घ डोटीको अध्यक्षमा विक्रम साउँद (घटाल) चयन भएका छन् । त्रिवेणी मिडिया नेटवर्क डोटीका निवर्तमान अध्यक्ष साउँदको अध्यक्षतामा बिहीबार वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन भएको छ ।

वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी, वाणिज्य उपाध्यक्षमा नर बहादुर खड्का, उद्योग उपाध्यक्ष दीर्घ साउँद, महासचिवमा बम बहादुर बोगटी, सचिवमा हेमन्त कठायत र कोषाध्यक्षमा आईजंग कुँवर चयन भएका छन् ।त्यस्तै सदस्यहरूमा नन्दन कार्की, प्रेम विष्ट, दीपक शाह, प्रकाश रावल, गणेश बोहरा, दीपक कलेल र नन्ना भण्डारी चयन भएका हुन् ।
यसअघि असोज १५ सोमबारको उद्योग वाणिज्य सङ्घको साधारण सभाले त्यो दिन नयाँ समिति गठन गर्न नसकेपछि बन्द सत्र लम्बिएको थियो । उद्घाटन सत्र पछि सुरु भएको बन्द सत्रमा महासचिव दीपक बहादुर खड्का र कोषाध्यक्ष दीर्घ बहादुर साउँदले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित नभएपछि साधारण सभाको बन्द सत्र लम्बिएको थियो । बन्द सत्र सुरु भएको १० दिनमा संघको कार्यसमिति चयन भएको हो ।
