गगुडामा एक दिने अभिमुखीकरण कार्यक्रम

असोज २५, डोटी 
बोगटान फुड्सिल गाउँपालिका-६ गगुडामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएमएन डोटी र सिड नेपाल डोटीको सहयोगमा गगुडा स्वास्थ्य चौकीमा यौन तथा प्रजनन सम्बन्धी शिक्षक तथा जनप्रतिनिधिहरूका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा महिनावारी सरसफाइ तथा ब्याबस्थापन, किशोरावस्थामा पोषण र बृहत् यौन शिक्षालगायतका विषयमा छलफल गरिएको छ ।

Sayalb

विद्यालयहरूमा किशोरीहरूको महिनावारीको समयमा सेनेटरी प्याड प्रयोग नहुनुको कारणको विषयमा छलफल गरी प्याडको प्रयोग गर्न प्रत्येक महिना विद्यालयमा स्वास्थ्य शिक्षा दिने निष्कर्ष निकालिएको छ । कार्यक्रममा गगुडाका महिला वडा सदस्य तथा कार्यपालिका सदस्य हेमा चन्द अध्यक्ष रहेको कार्यक्रमको सञ्चालन गगुडा स्वास्थ्य चौकी सिनियर अहेव शिशिर बोगटीले गरेका थिए । कार्यक्रमको सहजीकरण सिड नेपालकाका स्वास्थ्य प्राविधिक धिरेन्द्र बोहराले गरेका थिए ।

Shaileshwori
Loading...