
कार्तिक ०२ । नेपाली बजारमा बिहीबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ । तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार यस अघि साउन ४ गते छापावल सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

बुधवार एक लाख १३ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १२ हजार ६५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा १४ सय १० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
