

डाेटीकाे शिखर नगरपालिका- ६ तिलतालिमा सेती नदीमा एक नवजात शिशुको बेवारिसे शब फेला परेकाे छ । बिहीबार साँझ ५ बजेकाे समयमा सेती नदीमा पानी जमेको ठाउँमा शब फेला परेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरिक्षक सिताराम बिष्टले जानकारी दिए ।
८/९ महिनाकाे जस्तो देखिने नबजात शिशु कस्ले किन र कसरी फालेकाे हाे भन्ने भन्ने बारे कुनै जानकारी हुन सकेको छैन । नवजात शिशु फाल्नेकाे खाेजी कार्य भइरहेको छ । शिसुकाे शब पाेष्टमार्टम जिल्ला अस्पताल डाेटीमा राखिएको छ ।
