Before Header
After Navigation

दिगो विकास समाज डोटीको अध्यक्षमा कृष्ण बिक चयन

डोटी । दिगो विकास समाज नेपाल डोटीको अध्यक्षमा कृष्ण बहादुर बिक सर्वसम्मत चयन भएका छन् । आइतबार लामिखालमा सम्पन्न संस्थाको ५ औँ साधारण सभाले बिकको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Sagan sahari bhawan nirman aayojana

दिगो विकास, समता मूलक समृद्ध समाज भन्ने नाराका साथ सम्पन्न भएको साधारण सभाबाट गङ्गादेवी लुहार उपाध्यक्ष, भोज सिंह लुहार सचिव, भीम बहादुर ओड कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा लक्ष्मी देवी लुहार, सुना देवी लुहार, डम्बरी कुमारी विक, प्रताब लुहार र भगवत लुहार चयन भएका छन् ।

Shaileshwori
Loading...