
सुवास नेपाली,
कात्तिक १३, डोटी

डोटीको सिलगढीमा ४ दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको छ । डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले तालिममा बाढी पहिरो, आगलागी, भू–कम्प लगायतबाट उत्पन्न हुने विपद्लाई मध्यनजर गरेर स्थानीय स्तरमै दक्ष स्वयंसेवक उत्पादन गरी त्यसबाट हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।
कुनै पनि स्थानमा विपद् आउन सक्ने भएकोले त्यस ठाउँमा नेपाली सेना लगायत अन्य उद्धार गर्ने सुरक्षाकर्मी लगायत सहयोगीहरू पुग्नु भन्दा पहिले स्थानीयहरू पुग्ने भएकोले उनीहरूलाई नै व्यवस्थापन सम्बन्धी तालिम प्रभावकारी हुने पनि गणपति देउजाले बताए ।तालिममा दिपायल सिलगढी नगरपालिकाका १० जनाको सहभागिता रहेको छ।
