चार दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

सुवास नेपाली 

कात्तिक १५, डोटी 

डोटीको सिलगढीमा ४ दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न  भएको छ । डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो ।

Sayalb

तालिमको समापन गर्दै गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले  तालिममा बाढी पहिरो ,आगलागी, भू–कम्प लगायतबाट उत्पन्न हुने विपद्लाई मध्यनजर गरेर स्थानीय स्तरमै दक्ष स्वयंसेवक उत्पादन गरी त्यसबाट  हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । डोटी जिल्ला बहुपक्षीय विपद् जोखिममा रहेको र विगतका घटनाले सिकाएको पाठ अनुरूप विपद् जोखिम न्यूनीकरण गर्न सो तालिम प्रभावकारी हुने गणपति देउजाले बताउनुभयो ।

उक्त तालिमले स्थानीय स्तरमै दक्ष स्वयंसेवक उत्पादन भएको र यस बाट समुदायमा हुने विपद्का घटना घटने बित्तिकै छिटो उद्धार हुने र क्षति न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । कुनै पनि स्थानमा विपद् आउन सक्ने भएकोले त्यस ठाउँमा नेपाली सेना लगायत अन्य उद्धार गर्ने सुरक्षाकर्मी लगायत सहयोगीहरू पुग्नु भन्दा पहिले स्थानीयहरू पुग्ने भएकोले उनीहरूलाई नै व्यवस्थापन सम्बन्धी तालिम प्रभावकारी हुने पनि गणपति देउजाले बताउनुभयो ।

तालिममा विपद्का समयमा अपनाउनुपर्ने पूर्व तयारी, खोज, उद्धार, प्राथमिक उपचार तथा स्थानीय स्रोत साधनको प्रयोग सम्बन्धमा सहभागीहरूलाई सैद्धान्तिक र व्यवहारिक सीप सम्बन्धी जानकारी दिइएको थियो । तालिममा दिपायल सिलगढी नगरपालिकाका १० जनाको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...