आज देखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

गणेश मौनी

कात्तिक १६, डोटी । आज देखि सरकारी कार्यालय चार बजे नै बन्द हुने भएको छ । यस अघि बिहान १० बजे देखि साँझ ५ बजे सम्म खुल्दै आएका सरकारी कार्यालय आज अर्थात् कार्तिक १६ गतेदेखि १० बजे खुलेर ४ बजे बन्द हुने छन् । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ ।

Sayalb

त्यस्तै शुक्रवारको दिन कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने भएका छन् । जाडो यामको तीन महिना कार्यालय समय दैनिक ६ घण्टा हुने गरेको छ । बाँकी ९ महिना ७ घण्टा  सरकारी कार्यालयको समय तोकिँदै आएको छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर वर्षभरि हुने सार्वजनिक बिदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तालिका तय गरेको थियो ।

Shaileshwori
Loading...