प्रदेश र स्थानीय सरकारलाई जबाफदेही बनाउन अन्तरक्रिया कार्यक्रम

कात्तिक १७, डोटी । डोटीको सिलगढीमा प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता सुदृढीकरणको लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्रबार सिलगढी स्थित शैलेश्वरी गेस्ट हाउसमा नागरिक समाज संलग्नता मार्फत प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता सुदृढीकरणको लागि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
युएनडिपीको सहयोगमा अवार्ड नेपाल बझाङको आयोजनामा सम्पन्न कार्यक्रममा विद्युतीय प्रविधिको प्रयोग गरी सरकारलाई आफ्नो गुनासो राखी समस्याको समाधान खोज्न सकिने बारेमा छलफल गरिएको थियो । स्थानीय सरकार र प्रदेश सरकार बारेमा गुनासो तथा सुझाव वेबसाइट र मोबाइल एप्लिकेसन मार्फत दिन सकिने आयोजकको भनाइ थियो ।
Sayalb
सुदूरपश्चिम प्रदेश सरकारले हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली) वेबसाइट www.hellocm.sudurpashchim.gov.np र मोबाइल एप्लिकेसन हेलो सिएम सुदूरपश्चिम नामक एप्स सञ्चालनमा ल्याएर आफ्ना गुनासा तथा सुझाव टिपाउन मिल्ने व्यवस्था गरेको अवार्ड नेपालका प्रतिनिधि झलक पालीले बताए । उनले कार्यक्रमका सहभागीलाई गुनासो राख्ने विभिन्न प्रक्रिया बारे जानकारी गराउदै सहभागीबाट आएको सुझावमध्ये डोटीमा इन्जिनियरिङ कलेजको अनुमती प्राप्त भएता पनि सञ्चालनमा ढिलाइ भएको बारे गुनासो वेबसाइट मार्फत टिपाएको बताए ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, गैरसरकारी संघसँस्था, पत्रकार, बाल क्लबका विद्यार्थी लगायतका ५२ जनाको सहभागी रहेको थियो ।
Shaileshwori
Loading...