सायल गाउँपालिकाले भूकम्प प्रभावितलाई २ लाख सहयोग गर्ने 

धन बोहरा, डोटी 
डोटीको सायल गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिम जिल्लाका भूकम्प प्रभावितलाई राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावित दुवै जिल्लालाई एक/एक लाख रुपैयाँ दिने बताएका छन् ।
दुःखको घडीमा सद्भाव स्वरूप तत्काल राहतका लागी जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा जम्मा हुने गरी एक/एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जाजरकोटको बारेकोट गाउँपालिका वडा न. १ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।
Sayalb
Shaileshwori
Loading...