डोटीमा जिप दुर्घटना : ८ महिने बालिकासहित ४ जनाको मृत्यु, ५ जना घाइते

कात्तिक १९, डोटी । डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् । गएराति करिब साढे २ बजेतिर जिल्लाको शिखर–६ अण्यौल  स्थित केआइसिंह राजमार्गमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धनगढी बाट बाजुरा  तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीय धनशोभा बुढा, धनशोभा बुढाका ६ वर्षका छोरा कबिन्द्र बुढा र विमला मलालकी ८ महीनाकी छोरी प्रार्थना मलालको मृत्यु भएको छ ।
Sayalb
दुर्घटनाबाट हिमाली–५ का २१ वर्षीया विमला मलाल, ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राज बहादुर मलाल घाइते भएका छन् । प्रहरीका अनुसार घाइते विमलाको अवस्था सिरियस छ भने अन्य घाइतेको अवस्था मध्यम छ । घाइतेहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ ।
बाजुराको गौमुल गाउँपालिका–४ काडाकोटका २१ वर्षीय जिप चालक महेश बुढा प्रहरी चौकी तलकोटको नियन्त्रणमा छन् । जिप सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...