
कात्तिक १९, डोटी
डोटीको शिखर नगरपालिका र आदर्श गाउँपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । आइतबार बिज्ञप्ति मार्फत दुबै पालिकाले राहत स्वरूप दुई/दुइ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । जाजरकोट र रुकुमपश्चिम जिल्ला विपद् व्यवस्थापन समितीको राहत कोषमा जम्मा हुने गरि एक/एक लाख रुपैयाँ दिने दुबै पालिकाले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका वडा न. १ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।

