बोगटान फुड्सिल गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिता सुरु

कार्तिक २२, डोटी । बोगटान फुड्सिल गाउँपालिका-१ सिमचौरमा गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । बोगटान फुड्सिल गाउँपालिका-१ को आयोजनामा गाउँपालिका स्तरीय पाँचौँ रनिङ सिल्ड भलिबल प्रतियोगिता २०८० बुधवारबाट सुरु भएको हो । नेपालीहरूको महान् चार्ड बडा दसैँ तथा शुभ दीपावलीको अवसरमा प्रतियोगिताको आयोजना गरिएको उद्घाटन कार्यक्रमका सभापति तथा वडा अध्यक्ष खेम बहादुर घर्तिमगरले बताएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ६५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद रु. ४५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई नगद रु. २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र दिइने छ । खेल अवधिभर राम्रो खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । वेस्ट प्लेयरलाई नगद रु. ४ हजार, वेस्ट स्पाइकर, वेस्ट लिब्रो, वेस्ट सर्भर, वेस्ट सेन्टर र वेस्ट ब्लकरलाई नगद रु. २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ ।

Sayalb

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा उपाध्यक्ष बिष्ना देवी बम लगायतको सहभागिता रहेको थियो । ९ टिमको सहभागिता रहेको रनिङ सिल्ड प्रतियोगिता २४ गते समापन हुने छ ।

Shaileshwori
Loading...