Before Header
After Navigation

शिखरका ३५ जना महिलाहरूलाई १ सय ४० बाख्रा वितरण

सुबास नेपाली 
कात्तिक २३, डोटी
शिखर नगरपालिकाका ३५ जना महिलाहरूलाई बाख्रा वितरण गरिएको छ । सम विकास केन्द्र नेपाल अन्तरगत डिसिएद्वारा सञ्चालित गिफ्ट परियोजनाको सहयोग तथा शिखर नगरपालिका–१० को सहकार्यमा प्रगतिशील महिला समूहका ३५ जना महिलाहरूलाई बाख्रा वितरण गरिएको हो । जनही ४ बाख्रा पर्नेगरि करिब २० लाख बराबरका १ सय ४० बाख्रा वितरण गरिएको गिफ्ट परियोजनाका कार्यक्रम संयोजक टेक बहादुर नेपालीले जानकारी दिए । उनका अनुसार २ वटा बीउ बोका समेत वितरण गरिएको छ ।
Sagan sahari bhawan nirman aayojana
समूहका महिलाहरूलाई बाख्रा  हस्तान्तरण गर्दै सम विकास केन्द्र नेपालका उपाध्यक्ष रश्मि गहतराजले समुदायमा रहेका दलित, एकल महिला विपन्न परिवारको जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले बाख्रा वितरण गरिएको बताइन् । वडा कार्यालय, समूह र संस्थाका प्रतिनिधि सहभागी खरिद समितिले विभिन्न बाख्रा फर्मको स्थलगत अनुगमन गरी बाख्रा खरिद गरेर वितरण गरेको सम विकास केन्द्र नेपालका संस्थापक सदस्य तथा गिफ्ट परियोजनाका फोकल पर्सन केशव परियारले बताए । वितरण गरिएका बाख्रा निरोगी रहेको उनको भनाइ छ ।
बाख्रा प्राप्त गरे पछि समूहका महिलाहरू खुसी भएका छन् । उनीहरूले आफ्नो वडालाई बाख्रा पकेट क्षेत्रको रूपमा बिस्तार गर्ने बताएका छन् । सम विकास केन्द्र नेपालले जिल्लामा सशक्तीकरण, आय आर्जन, जातीय विभेद, लैङ्गिक विभेद, हलिया मुक्ति लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
Shaileshwori
Loading...