

सिता महता ,राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले मंसिर २ गते देखि घरदैलो कार्यक्रमको सुरुवात गरेको छ । प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलो कार्यक्रमको सुरुवात गरीएको राष्ट्रिय स्वतन्त्र पार्टी डोटीका जिल्ला संयोजक केशब बलायरले बताए ।
मंसीर २ गते सुरु भएको घरदैलो कार्यक्रम ४ गते सम्म सञ्चालन गरीने राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले जानकारी दिएको छ ।
पार्टीको केन्द्रीय समिति र संसदिय दलको बैठकले देशभरी घरदैलो अभियान सञ्चालन गर्न पार्टीबाट निर्वाचित सासंद, निर्वाचनमा भाग लिनु भएका प्रत्यक्ष उम्मेदबार तथा समानुपातिक उम्मेदवार र पार्टीका नेताहरुलाई निर्देशन दिएको छ । चुनावको बेला मात्र जनताको घर दैलो जाने नेताहरुको परिपाटीलाई अन्त्य गर्न पार्टीले यो अभियान देशभरी नै सञ्चालन गरीरहेको राष्ट्रिय स्वतन्त्र पार्टी डोटीका संयोजक बलायरले बताए । साथै आफ्नो क्षेत्रमा देखीएका मुख्य समस्या प्राथमिकताको आधारमा उल्लेख गरिदिन पनि उनले आग्रह गरेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी निर्बाचन क्षेत्रिय समिती सदस्य धन वहादुर बोहराको संयोजकत्वमा बसेको जिल्ला समन्वय समिति र निर्बाचन क्षेत्रिय समितिको सयुक्त बैठकबाट यस्तो निर्णय गरीएको हो । उक्त बैठकले गरेको निर्णय अनुसार आदर्श गाउँपालीका, सायल गाउँपालीका र दिपायल सिलगढी नगरपालीकाका लागी नरेन्द्र खड्का र धन बहादुर बोहोरालाइ जिम्मेवारी दीइएको छ । यस्तै डोटी जिल्ला संयोजक केशब बलायरलाई शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालीकाको जिम्मेवारी दीनुका साथै निराजन विष्टलाई जोरायल गाउँपालिका, विशाल ताडीलार्ई बडिकेदार गाउँपालिका र मिन बहादुर धामीलाई केआई सिंह गाउँपालीका र बोगटान फुड्सिल गाउँपालिकाको जिम्मेवारी दिइएको संयोजक बलायरले जानकारी दिएका छन ।
