उपाधिका लागि भारत र अष्ट्रेलिया तयार

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आईतबार प्रतिस्पर्धा हुदैछ । अहमदाबादमा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनलमा घरेलु टोली भारत र सर्वाधिक सफल टिम अष्ट्रेलिया आमने सामने हुदैछन् । भारतले न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।

Sayalb

फाइनल अघिको मिडियासँगको भेटघाटमा दुवै टिमका कप्तानले फाइनलका लागि आफुहरु तयारी अवस्थामा रहेको बताए ।

सन् २००३ को फाइनलमा दुवै टिम आमने सामने भएका थिए । सो खेल अष्ट्रेलियाले एकतर्फी रुपमा जितेको थियो । यस पटक भारतीय टिम २० वर्ष पुरानो हारको बदला लिने योजनामा छ । घरेलु मैदानमा उत्कृष्ट फर्ममा देखिएको भारतका लागि अवसर पनि छ । लगातार १० खेलमा जित निकाल्न सफल भारत फाइनलको उपाधि भिडन्त आफ्नो पक्षमा पार्न चाहन्छ ।

भारतीय कप्तान रोहित शर्माले कप्तान बन्ने बित्तिकै एकदिवसीय क्रिकेटका लागि खेलाडी पहिचान सुरु गरेको बताए । उनले खेलाडी पहिचान गरेर सोही अनुसार जिम्मेवारी दिएको बताउँदै प्राप्त नतिजा त्यसैको कारण रहेको उल्लेख गरे ।

Shaileshwori
Loading...