
३ मङ्सिर, काठमाडौं । अष्ट्रेलियाले भारतलाई हराउँदै विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार हैदराबादमा भएको फाइनल खेलमा ट्राविस हेडको शतकसँगै घरेलु टोली भारतलाई हराउँदै अस्ट्रेलिया च्याम्पियन भएको हो । यो सँगै अस्ट्रेलियाले छैठौंपटक एक दिवसीय विश्वकप जितेको हो ।

भारतले उपाधिका लागि दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने जिम्मा दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोडेको थियो ।
हरेक चार वर्षमा आयोजना हुने एक दिवसीय विश्वकप अष्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो ।
