
आर्थिक अभावले डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका गणेश बहादुर चन्द ‘गंगा’को उपचारमा समस्या भएको छ । ब्रेनह्याम्रेजबाट ग्रसित ४५ वर्षीय चन्दको उपचारमा समस्या भएपछि परिवारले सहयोग लागि अपिल गरेको छ । चन्दको अहिले भारतको पंजाव स्थित अरोणा न्युरो सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भएको आफन्त कर्ण चन्दले बताए । उनले भने, ‘परिवारको आर्थिक अवस्था कमजोर भएकोले रकम जोहो गर्न सक्ने अवस्था छैन । अहिलेसम्म होस आउन सकेको छैन । अझै पैसाको ठुलो आवश्यकता छ । उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दछु ।’

थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग लागि अभियान सञ्चालन गरेको पीडितका भाइ वीरेन्द्र चन्दले बताए । सहयोग गर्न चाहनेले मोबाइल नम्बर, ९८४८६४२०२३, ९८५८४६६६६६ मा सम्पर्क गर्न सक्नेछन् ।
