
मंसिर ६, डोटी । डोटीमा एक किशोरीमाथि सामूहिक करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक १७ वर्षीया किशोरीलाई सामूहिक करणीको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी करणी आरोपमा पक्राउ परेका छन् । उनीहरूले मङ्सिर १ गते साँझ साढे ६ बजे किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीले आरोपित तीनै जनालाई २ गते नियन्त्रणमा लिएको हो ।
