एसआर-६ काे पहुँच मार्ग निर्माणका लागि प्रदेश सरकार र बाेगटान गाउँपालिका बिच समझदारी

मंसिर ७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ खत्याडी देखि मोरासैन सम्मको सडक निर्माण गर्न गाउँपालिका र प्रदेश सरकारबिच समझदारी भएको छ । बिहीबार सुदूरपश्चिम प्रदेश सरकार भौतिक पुुर्वाधार विकास मन्त्रालय र बोगटान फुड्सिल गाउँपालिका बिच उक्त १५ किलोमिटर सडक निर्माण गर्न समझदारी भएको हो ।

सेती नदी–६ (एसआर–६) आयोजनालाई अगाडी बढाउन सहयोग पुर्‍याउने उद्देश्यले आयोजना स्थल सम्म पहुँच मार्ग निर्माण गर्न समझदारी भएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले जानकारी दिए । पहुँच मार्गको ट्र्याक खोल्ने काम यसअघि बाटै सुरु गरिए पनि गाउँपालिकाको लगानीबाट मात्र निर्माण गर्न समय लाग्ने भएकाले प्रदेश सरकारसँग समझदारी गर्नु परेको अध्यक्ष गड्सिलाको भनाइ छ । सडक निर्माणको काम छिट्टै सुरु हुने उनले बताए ।

Sayalb

आयोजना स्थलसम्म पुग्ने पहुँच मार्ग नहुँदा आयोजनाको काम प्रभावित हुन थालेपछि गाउँपालिका सँगको सहकार्यमा प्रदेश सरकार सडक बनाउन सहमत भएको प्रदेश सभा सदस्य शिव सिंह वलीले बताए । लगानी बोर्डबाट पनि पहुँच मार्गको लागि सहज वातावरण बनाइदिन पत्र आएपछि गाउँपालिकाका अध्यक्ष गड्सिला र आफूले भौतिक पुुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, प्रदेश सचिव, कार्यकारी सँग प्रस्ताव राख्दा प्रदेश सरकार सकारात्मक बनेको सांसद वलीले बताए ।

४५० मेगावाट क्षमताको सेती नदी–६ जलाशययुक्त आयोजनाको भारतीय कम्पनी एनएचपिसी लिमिटेडले निर्माण कार्यको जिम्मा पाएको छ । २०७९ भदौ २ गते कम्पनी र नेपालको लगानी बोर्डबिच आयोजना निर्माणको समझदारी भएको थियो । सेती नदी–६ जलाशययुक्त आयोजना डोटी र अछाममा पर्दछ । आयोजनाको विस्तृत अध्ययनको काम सकिएको छ ।

Shaileshwori
Loading...