
डोटी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउँदै छन् । मङ्गलवार आज साँझ बुद्ध एयर मार्फत ओली धनगढी आउने जनाइएको छ । १४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली सुदूरपश्चिम आउन लागेका हुन् ।

१४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् । बुधवार बिहान अध्यक्ष ओली धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।
१५ गते ओली डोटी आउने छन् । मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा सिलगढी स्थित टुँडिखेलमा आयोजना गरिएको कार्यक्रम सम्बोधन गर्न ओली डोटी आउन लागेको एमाले डोटीले जनाएको छ । ओली सुदूरपश्चिम प्रदेशका सबै पहाडी जिल्लामा जाने छन् ।
