डोटीको सायल गाउँपालिकामा आँखा उपचार केन्द्रको उद्घाटन

मङ्सिर १३, डोटी ।
डोटीको सायल गाउँपालिकामा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोगमा स्थापना गरिएको आँखा उपचार केन्द्रको बुधवार उद्घाटन गरिएको हो । डोटीको अति दुर्गम मानिने सायलका नागरिकको समस्यालाई मध्यनजर गर्दै स्थापना गरिएको केन्द्रको फाउण्डसेनका संस्थापक सदस्य दीर्घराज उपाध्याय र सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
Sagan sahari bhawan nirman aayojana
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले उपचार केन्द्रको स्थापनाले आँखाको समस्या लिएर धनगढी जानुपर्ने सायलका नागरिकको बाध्यता हटेको बताए । व्यक्तिको असावधानी र समयमा आँखाको उपचार नहुँदा दृष्टि विहीन हुने जोखिमलाई ख्याल राखेर उपचार केन्द्रको स्थापना गरिएको उनले बताए । सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आँखा उपचार केन्द्रको स्थापनाले सायलका नागरिकलाई ठुलो राहत पुग्ने बताए । केन्द्रको स्थापनाले आँखाको समस्या हुँदा ठुलो रकमको जोहो गरेर धनगढी जानुपर्ने बाध्यताको अन्त्य हुने भन्दै सहयोगी संस्था च्यारिटी हेल्थ फाउण्डेसनलाइ धन्यवाद दिए । अध्यक्ष जोशीले आगामी दिनमा समेत फाउन्डेसनबाट सहयोगको अपेक्षा गरेको बताए ।
च्यारिटी हेल्थ फाउन्डेसनका कार्यक्रम निर्देशक त्रैलोक्यनाथ पाण्डेयले सायलमा आँखा उपचार केन्द्रको अभाव देखेपछि केन्द्रको स्थापना गरिएको बताए । उनले फाउन्डेसनले हरेक वर्ष सायलमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने समेत प्रतिबद्धता गरे ।
Shaileshwori
Loading...