बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजेतिर मार्तडीबाट घटमुना तर्फ जाँदै गरेका सुपप्रप ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्बरका ट्याक्टर बडमिालिका नगरपालिका २ को भौनेरा नजिकै दुर्घटना भएको हो ।
Sayalb
यो समाचार तयार पार्दासम्म ट्याक्टर दुर्घटनामा परेर ठेगाना नखुलेका हिक्मत रोकाया, देवराज जोशी, चन्द्र दानी र किट्टी रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...