डडेल्धुरामा बैतडीका एक पुरुष मृत फेला

पुस १८, डडेल्धुरा ।
Sayalb
डडेल्धुरामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–३ घर भएका ३५ वर्षीय नरेश नाथ डडेल्धुराको अमरगढी नगरपालिका–८ मा मृत फेला परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले बुधवार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिएको बताए । मृतकको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिएको छ ।
Shaileshwori
Bolpatra
Loading...