
सुवास नेपाली
पुस २७, डोटी

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पद्म पब्लिक मुक्तिनारायण माद्यामीक विद्यालय प्रथम भएको छ । ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर डोटी स्थित नेपाली सेनाको भैरवप्रसाद गणले आयोजना गरेको प्रतियोगितामा ३६ अङ्क प्राप्त गरी पद्म पब्लिक प्रथम भएको हो । ६ वटा विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा २५ अङ्क प्राप्त गरी मोर्निङ लाइट बोर्डिङ स्कुल द्वितीय र २१ अङ्कका साथे पवित्र आवासीय माद्यामिक विद्यालय तृतीय भएको छ ।
भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले हाजिरी जवाफ प्रतियोगिता एक बौद्धिक खेल भएकोले यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने बताए । प्रतियोगिता विद्यार्थीहरूको अन्तर निहित क्षमता जाँच्ने माध्यम भएका कारण नेपाली सेनाले समय समयमा यस्ता क्रियाकलाप गर्ने गरेको गणपति देउजाले बताए ।
