भूकम्प प्रतिकार्य परियोजनाको समीक्षा कार्यक्रम सम्पन्न

सुबास नेपाली 
पुस २९, डोटी
डोटीको पुर्वीचौकी गाउँपालिका डोटी भूकम्प प्रतिकार्य परियोजनाको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मानवीय सहायता साझेदारी मञ्चका सदस्यहरू केयर नेपाल,सम विकास केन्द्र नेपाल, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल र एन सेट को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम २०८० वैशाख  बाट सुरु भई पौष सम्म सञ्चालन भएको” डोटी भूकम्प प्रतिकार्य परियोजना”ले ८ महिनाको अवधिमा गरेका गतिविधिका बारेमा समीक्षा गरिएको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बि सिले जानकारी दिए । उक्त अवधिमा पुर्बीचौकी गाउँपालिकाका भूकम्प प्रभावित वडाहरूमा भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्न जनचेतना अभिवृद्धि, भूकम्प प्रतिरोधी घर निर्माण तथा प्रबलीकरणमा डकर्मीहरूको क्षमता वृद्धी, प्राविधिक सहयोग र संकटासन्न परिवारहरूलाई पुनर्निर्माणमा सहयोग गरिएको पनि अध्यक्ष बिसीले बताए ।
Sayalb
कार्यक्रममा बोल्दै केएर नेपालकी राष्ट्रिय निर्देशक मोना शेर्पाले छोटो अवधिमा पनि सरोकारवाला निकायहरूको सहयोगमा उद्देश्य अनुरूप काम गरेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिइन् । निर्देशक शेर्पाले पुर्बिचौकिको सन्दर्भमा अबको गन्तव्य भनेको भूकम्प प्रभावितहरूका घरहरू पुनर्निर्माण गर्नुपर्ने भएकोले तिनै तहका सरकारले गम्भीर बन्नु पर्ने भन्दै केएर नेपाल पनि सकारात्मक रहेको बताइन् ।
जिल्ला समन्वय उप संयोजक स्मृति चुनाराले भूकम्प प्रभावितहरूलाई सानो भएपनी समयमै उचित राहत दिई आलो घाउमा मलम लगाउने काम गरेको प्रति खुसी व्यक्त गर्दै अब हुने पुनर्निर्माणको कार्यमा पनि सहयोग गर्न दातृ निकायलाई अनुरोध समेत गरिन् ।
एन सेटका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले भू-गर्भ विदका अनुसार पश्चिम नेपालको भू-गर्भमा भूकम्पको ठुलो शक्ति सञ्चय भएका कारण जति बेला पनि ठुलो भूकम्प आउन सक्ने भन्दै अहिले देखि नै पूर्व तयारीमा लाग्नु पर्ने बताए । २०७९ कार्तिक २२ गते पुर्बिचौकी गाउँपालिकाको वडा नं ३ को गैरागाउमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा  ६ जनाको मृत्यु हुनुका साथै हजारौँ घरमा क्षति पुर्‍याएको थियो ।
कार्यक्रममा पुर्बिचौकी गाउँपालिकाकी उपाध्यक्ष, समन्वय उपप्रमुख, विभिन्न वडाका वडा अध्यक्ष, स्थानीय भूकम्प पीडित, पत्रकारहरूको उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...