डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल क्याम्प सञ्चालन हुने 

डोटीमा डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल क्याम्प सञ्चालन हुने  भएको  छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त क्याम्पमा वरिष्ठ सर्जन सहितको विशेषज्ञ टिमले बिरामीको उपचार गर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नीराजन श्रेष्ठले जानकारी दिए ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी,  दिपायल सिलगढी नगरपालिका, स्वास्थ्य कार्यालय डोटी र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा आगामी फागुन ६ गते देखि १० गतेसम्म निःशुल्क अर्थोपेसडिक सर्किजल क्याम्प सञ्चालन हुन  लागेको हो ।
५० देखी ७० अप्रेसन र बाह्र सय देखी पन्ध्र सयसम्म जनरल बिरामी हेर्ने लक्ष्य रहेको जोरपाटी अस्पतालका निर्देशक डा कैलाश भण्डारीले बताए । डाक्टर भण्डारीले भने ‘यहाँ नसकिएका बिरामीहरूको अप्रेसन हाम्रो अस्पतालले निःशुल्क अप्रेसन गर्नेछ, हाम्रो लक्ष्य भनेको बढी भन्दा बढी बिरामीलाई सेवा दिने हो । हाम्रो ब्यबसायिक भन्दा पनि सामाजिक उत्तरदायित्व अन्तरगत यो क्याम्प आयोजना गर्न लागेको हो ।’
शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका, हात या खुट्टा विकृति जन्य समस्याहरू, हात खुट्टा भाँच्चिएका, अथवा भाँचिएर बाङ्गिएर जोडिएका, भाँचिएकोमा पाता वा किला राखिएका छन् र त्यसलाई निकाल्नु परेमा, हातमा आगोले पोलेको, हात खुट्टामा भएका गाँठा गुठीहरू निकाल्ने लगायतका सेवा दिइने नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका व्यवस्थापक श्याम रुपाखेतीले जानकारी दिए ।
Sayalb
उक्त निःशुल्क  स्वास्थ्य शिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डाक्टरहरू द्वारा सदरमुकाम अवस्थित जिल्ला अस्पताल डोटीमा आयोजना गरी बिहान १० बजेदेखि २ बजेसम्म मात्र सेवा दिइने भएको छ । त्यस्तै नाम दर्ता फागुन ६ गते देखि ९ गतेसम्म मात्र गरिने आयोजकले जानकारी दिएको छ । डोटी, अछाम, बाजुरा र डडेल्धुराका बिरामीलाई लक्षित गरी उक्त शिविर गर्न लागिएको हो ।
Shaileshwori
Loading...