जिल्ला अस्पताल डोटीमा दुई जना विशेषज्ञ डाक्टर थप

माघ २३, डोटी । जिल्ला अस्पताल डोटीले दुई जना विशेषज्ञ डाक्टर ल्याएको छ । बाल रोग विशेषज्ञ डा. अनिल कुमार गुप्ता र जनरल फिजीसियन डा. अरुन कुमार गुप्ता थप भएसँगै अस्पतालमा विशेषज्ञ डाक्टरको सङ्ख्या ३ पुगेको छ ।
Sayalb
यसअघि अस्पतालमा विशेषज्ञ डाक्टरको रूपमा एक जना एमडीजिपी डा. नीराजन श्रेष्ठ मात्रै रहेका थिए । विशेषज्ञ डाक्टरहरू गुप्ता द्वयलाई बुधवार औपचारिक स्वागत गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले जानकारी दिए । अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव हुँदा सुदूरपश्चिम प्रदेश सरकारले स्रोत सुनिश्चित गरिदिएपछि डाक्टर थप गरिएको अध्यक्ष नेपालीले बताए ।
यसअघि अस्पतालमा एक जना विशेषज्ञ र ८ जना एमबिबिएस गरेर ९ जना डाक्टरले सेवा दिइरहेका थिए । दुई जना विशेषज्ञ डाक्टर थप भएसँगै अस्पतालमा डाक्टरको सङ्ख्या ११ पुगेको छ । अस्पतालबाट दैनिक एक सय देखी एक सय ५० जना सम्म बिरामीले सेवा लिइरहेकोमा विशेषज्ञ डाक्टर थप भएसँगै बिरामीको सङ्ख्या बढ्ने अस्पतालले जनाएको छ ।
Shaileshwori
Loading...