डोटीमा चार दिने शिविरबाट ६१ जनाले लिए स्थायी बन्ध्याकरण सेवा 

०९ फागुन, डोटी ।
परिवार नियोजन सम्बन्धी स्थायी बन्ध्याकरण शिविरमा डोटीका ६१ जनाले सेवा लिएका छन् । जिल्लाका विभिन्न ठाउँमा आइतबार देखि बुधवार सम्म आयोजना गरिएको शिविरबाट ६१ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । सन्तानको रहर पुगेका ४७ जना महिलाहरूले मिनील्याप र १४ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका छन् ।
Sayalb
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार आइतबार बोगटान फुड्सिल गाउँपालिकामा १२ जना, सोमबार के.आई.सिंह गाउँपालिकामा १० जना, मङ्गलवार आदर्श गाउँपालिकामा १४ जना र बुधवार जिल्ला अस्पताल डोटीमा २५ जनाले बन्ध्याकरण सेवा लिएका छन् । बोगटान फुड्सिल गाउँपालिकाका ६ पुरुष र ६ महिला, के.आई.सिंह गाउँपालिकाका ७ महिला ३ पुरुष, आदर्श गाउँपालिकाका ११ महिला ३ पुरुष र जिल्ला अस्पताल डोटीमा २३ महिला र ३ पुरुषले सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपाल परिवार नियोजन सङ्घ कैलाली र स्वास्थ्य कार्यालय डोटीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।
Shaileshwori
Loading...