जिल्ला अस्पताल डोटीले महिनाको पहिलो र तेस्रो शुक्रवार थप विशेषज्ञ सेवा दिने

फागुन १७, डोटी 
जिल्ला अस्पताल डोटीले महिनाको पहिलो र तेस्रो शुक्रवार विशेषज्ञ सेवा दिने भएको छ । दैनिक प्रवाह हुने सेवा भन्दा थप गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालले प्रत्येक महिनाको दुई दिन विशेषज्ञ सेवा दिन लागेको हो । यहाँका नागरिकहरूको समस्यालाई मध्यनजर गर्दै अस्पतालले थप सेवा दिन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुजित कुमार मण्डलले बताए । अस्पतालमा उपचार सम्भव नभएर बिरामी रेफर गर्नुपर्ने बाध्यता बढ्दै गएपछि यस्तो सेवा दिइनलागेको डाक्टर मण्डलले बताए । अस्पतालले यसबाहेक बाल रोग विशेषज्ञ सेवा र फिजिसियन सेवा दिँदै आएको छ ।
bhukampa
 भोली (शुक्रवार) जनरल सर्जन डाक्टर अस्पतालमा आउने भएका छन् । शुक्रवार पत्थरीको जाँच (मिर्गौलाको पत्थरी, पित्त थैलीको पत्थरी), कलेजोको समस्या, हाइड्रोशील, हर्नियाँ, बाबासिर, फिस्टुला, पायल्स, फिसर तथा शरीरका विभिन्न अङ्गमा रहेका गाँठा गुठीको उपचार गरिने अस्पतालले जनाएको छ । यस्तै चैत्र महिनाको पहिलो शुक्रवार महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टरबाट सेवा दिइने भएको छ । सो दिन महिला सम्बन्धी सम्पूर्ण समस्या, पाठेघर सम्बन्धी समस्या, आङ खसेका तथा महिलामा देखिने बाझोपनको समस्याको उपचार गरिने बताइएको छ ।
महिनाको पहिलो र तेस्रो शुक्रवार अस्पतालमा आएर सेवा लिन अस्पताल प्रशासनले सम्बन्धितहरूलाई अनुरोध गरेको छ । फरक दिन फरक विशेषज्ञ सेवा प्रदान हुनेभएकाले सेवा बारे अस्पतालले बेलाबेला जानकारी गराउने बताइएको छ ।
Shaileshwori
Loading...