सेना दिवसको अवसरमा वृक्षारोपण 

सुबास नेपाली 
फागुन २०, डोटी 
Sayalb
डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणले २६१ औँ सेना दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम  गरेको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ स्थित शैलेश्वरी मन्दिर क्षेत्रमा करिब २ सय फलफूलका बिरुवा रोप्नुका साथै उक्त क्षेत्रमा सरसफाइ गरिएको हो ।
सुदूरपश्चिमको धार्मिक रूपले प्रसिद्ध शैलेश्वरी मन्दिर क्षेत्रको सौन्दर्य बढाउनुका साथसाथै पर्यावरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण तथा सरसफाइ गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले बताए । वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै शैलेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले मन्दिरको सौन्दर्य तथा वातावरणलाई मध्यनजर गर्दै भैरव प्रसाद गणले गरेको वृक्षारोपण तथा सरसफाइ कार्यको प्रशंसा गर्दै बिरुवाहरूको संरक्षणमा पनि सहयोग गरिदिन आग्रह गरे । उक्त क्षेत्रमा नासपती, आरु, कागती अम्बा लगायतका बिरुवा रोपिएका छन् ।
Shaileshwori
Loading...