दादुरा रुबेला खोप अभियान अन्तर्गत हालसम्म डोटीका ९४ प्रतिशतलाई खोप लगाइयो 

फागुन २५, डोटी
दादुरा रुबेला खोप अभियानको हालसम्म डोटीका ९४ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । ९ महिनादेखि ५ वर्ष उमेर समूहका १८ हजार आठ सय ४८ जना बालबालिकालाई खोप लगाउने लक्ष्यसहित फागुन १३ गतेदेखि सुरु भएको अभियान अन्तरगत १६ हजार आठ सय २३ जनालाई खोप लगाइएको छ ।
स्वास्थ्य कार्यालय डोटीले फागुन २० गतेसम्म अभियान सञ्चालन गर्ने समय निर्धारण गरेकोमा हालसम्म जारी रहेको बताइएको छ । नौ ओटा पालिका रहेको जिल्लामा फागुन २४ गतेसम्म लक्ष्यको ९४ प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । लक्षित वर्ग खोप लगाउनबाट छुटेको हुनसक्ने आशङ्कामा सबै पालिकामा सूक्ष्म ढङ्गबाट खोज कार्य जारी रहेको कार्यालय प्रमुख मलासीले बताए ।
Sayalb
स्वास्थ्य कार्यालय डोटीका अनुसार लक्ष्य भन्दा बढी के.आई.सिंह गाउँपालिकामा ११२ प्रतिशत, बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका र आदर्श गाउँपालिकामा समान १०२ प्रतिशतलाई खोप लगाइएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिकाका ९२ प्रतिशत, पुर्विचौकी गाउँपालिकाका ८९ प्रतिशत, बडीकेदार गाउँपालिकाका ८७ प्रतिशत, सायल गाउँपालिकाका ८४ प्रतिशत र शिखर नगरपालिकाका ८३ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ ।
Shaileshwori
Loading...