दार्चुलामा आफ्नै भवनमा आगो लगाएको आरोपमा एक प्रमुख प्रशासकिय अधिकृत पक्राउ

Sayalb

दार्चुलाको मार्मा गाउँपालिकाको प्रशासकिय भबनमा आगजनी तथा ढुङ्गामुडा गर्ने कार्यमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारी नैं संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले उनि माथी अनुसन्धान थालेको छ । गत फागुन २४ गते राती प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा ढुङ्गामुढा र आगजानी भएको थियो । प्रहरीले अनुसन्धान गर्दैजादाँ प्रशासकिय अधिकृत माथी नै अनुसन्धान गर्नु पर्ने भए पछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्यादथप गरी अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जानकारी दिएको छ ।
आइतबार मात्रै गाउँपालिकाले जिल्ला प्रहरी कार्यालयमा पालिकाको तर्फबाट जाहेरी समेत दिएपछि उनलाई अदालतबाट म्यादथप गरी अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनाका सन्दर्भमा सबैप्रमाण जुटाएर दोशी माथी कारवाही थाल्ने प्रहरीले बताएको छ । मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनमा भएको आक्रमणबाट सरकारी क्वार्टरमा क्षति पुगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि नै म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी कार्यालय दार्चुलाका अनुसार गत फागुन २५ गते देखि अनुसन्धान गदैँजादा सबै घटनाक्रमले उनलाई नै अनुसन्धानको दायरामा ल्याउन देखाए पछि प्रहरीले उनलाई म्याद थपगरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

Shaileshwori
Loading...