यो मौसममा कस्तो देखिएको छ खप्तड ? (फोटो फिचर)

खप्तड सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल मध्यको सुन्दर ठाउँ हो । पर्यटकिय तथा धार्मिक दुबै दृष्टीकोणबाट भरिपुर्ण मानिएको खप्तड सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ । कुल २२५ बर्ग कि.मी. क्षेत्रफल रहेको निकुञ्ज बि.स २०४२ मा स्थापना गरिएको हो । यो निकुञ्ज संसारकै राम्रो स्थान मध्यको एक हो । समुद्री सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रमा फैलिएको छ ।
सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो । खप्तड क्षेत्रमा त्रिवेणीमा मन्दिर र त्यस वरपर २२ वटा पाटन, खप्तड बाबाको कुटी, खापर दह, शिव मन्दिर, सहस्रिलंग, गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन् । दशैँ पुर्ब दशैँ र तिहारको बिचमा आन्तरिक पर्यटक खप्तड पुग्ने गर्दछन । खप्तड पुगेर लक्ष्मण न्यौपानेले कैद गरेका तस्बीरहरु

