एमाले तर्फबाट बझाङमा  प्रदेश सभा उम्मेदवारमा दमन भण्डारी

आगामी वैशाख १५ गते हुने उप–निर्वाचनका लागी एमालेले उम्मेदवारी टुङ्ग्याएको छ ।  सत्तारुढ दल एमालेले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ र   बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  ललितपुरको च्यानलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् ।
Sayalb
इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङको गत २६ भदौमा निधन भएकाले सो निर्वाचन क्षेत्र रिक्त छ। त्यसैले उपनिर्वाचन हुन लागेको हो ।  काँग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा उप –निर्वाचन हुन लागेको हो । इलाममा एमालेले लगातार जितेको सो क्षेत्रमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो
Shaileshwori
Loading...