राजेन्द्र महतोको प्रदर्शनमा झडप हुँदा ६ जना घाइते

चैत २४,  काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा ६ जना घाइते भएका छन् । शनिवार काठमाडौँमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा ६ जना घाइते भएका हुन् । घाइते हुनेमा ४ जना प्रदर्शनकारी र दुई जना प्रहरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
Sayalb
घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ  । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।  खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।
Shaileshwori
Loading...