भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु

भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । नैनिताल जिल्लामा भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका नेपालीहरु कञ्चनपुरको महेन्द्रनगरका रहेको खुलेको छ । मृत्यु हुनेमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।

Sayalb

सोमवार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यामहरुले बताएका छन् । घटनास्थलबाट ८ जनाको शव निकालेको थियो । दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन् । उनीहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे । काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए ।

Shaileshwori
Loading...