पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु

सुबास नेपाली 
चैत्र २८, डोटी 
bhukampa
नयाँ वर्ष २०८१ को अवसरमा डोटीको सिलगढीमा जिल्ला स्तरीय “पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता” सुरु भएको छ । खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको छ । सुजङ अस्पताल राजपुरको मुख्य प्रायोजन तथा महाकाली सेती हेल्थ केयर प्रालि राजपुरको सह–प्रायोजनमा शिलास्थान युवा क्लबले आयोजना गरेको प्रतियोगितामा डोटी जिल्लाका ८ वटा टिमको सहभागिता रहेको छ ।
अहिलेका युवा लागू औषधको दुर्व्यसनीको सिकार हुन सक्ने भन्दै खेलका माध्यमद्वारा दुर्व्यसनी न्यूनीकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले जानकारी दिए । २ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. १० हजार, प्रमाणपत्र र मेडल, दोस्रो हुने टिमलाई नगद रु. ५ हजार, प्रमाणपत्र र मेडल र तेस्रो हुने टिमलाई मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
Shaileshwori
Loading...