
अछामः अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।मेल्लेख गाउँपालिका वडा नम्बर–६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

