नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीप्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ । साथै प्रहरीले प्रमाण पुगेका बखत मात्र कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको छ ।
काठमाडौँ प्रहरी परिसरमा हुलाक मार्फत पूर्वमन्त्री बस्नेत विरुद्ध फौजदारी कसुरमा उजुरी परेको थियो । मुलुकी अपराध संहिता–२०७४ अनुसार बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरी केही दिनअघि सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पठाएको थियो ।।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले प्रमाण पुगेका बखत मुद्दा चल्नेगरी सिफारिस गरेको जानकारी दिए ।