डोटीमा केएमसिको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार सात सय बिरामीको चेकजाँच

काठमाण्डौैं मेडिकल कलेजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार सात सय जनाले सेवा लिएका छन् । डोटीको दिपायलमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानका बिरामीहरूले स्वास्थ्य परीक्षण गरेका हुन ।
विशेषज्ञ चिकित्सकहरू सहित दुई दर्जन स्वास्थ्यकर्मी रहेको टिमले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशका जनताको स्वास्थ्य सेवाको पहुँचलाई अझ सरलीकृत गर्ने उद्देश्यका साथ कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यको पहुँचबाट वञ्चित जनतालाई सेवा पुर्‍याउने हेतुले स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले बताए ।
शिविर वैशाख १५ गते बाजुराको पिलुचौर, वैशाख १७ गते हुम्लाको सर्केघाटर, वैशाख १९ गते मुगुको गमगढी र वैशाख २१ गते कालिकोट र जुम्लालाई पायक पर्ने गरी कालिकोटको नाग्ममा बृहत् निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने कार्य तालिका रहेको छ ।
शिविरमा उपचार हुन नसक्ने अवस्थाका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ ।

Sayalb

Shaileshwori
Bolpatra
Loading...