खेल माध्यमबाट राष्ट्रिय एकताको सन्देश दिन सकिन्छ : ओली  

खेलमा माध्यमबाट राष्ट्रिय एकताको सन्देश दिन सकिने प्रदेश सभा सदस्य शिव सिंह ओलीले बताए । अखिल नेपाल खेलकुद महासङ्घ डोटीको आयोजना प्रथम डबल इनडोर ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् । पूर्व जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रही सकेका ओलीले आफू खेलाडी पनि भएका कारण खेलाडीलाई माया गर्ने बताए ।
अखिल नेपाल खेलकुद महासङ्घ डोटीको आयोजना प्रथम डबल इनडोर ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ  । डोटी जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको उक्त प्रतियोगिता चार दिनसम्म सञ्चालन हुने अखिल नेपाल खेलकुद महासङ्घ डोटीका अध्यक्ष श्याम सिंहले जानकारी दिए ।
bhukampa
आठ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम पुरस्कार प्रमाणपत्र सहित १२ हजार र दोस्रो  हुनेलाई प्रमाणपत्र सहित ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
Shaileshwori
Loading...