
गणेश मौनी वैशाख ३० डोटी
बडीकेदार गाउँपालिकामा एक दिवसीय अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूका लागि सुशासन र बजेट निमार्ण प्रक्रियामा जानकारी दिने उद्देश्यले गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा विविध महत्त्वपूर्ण विषय बस्तुमा छलफल गरिएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जनाएका छन् ।

जनप्रतिनिधि र कर्मचारीहरूका लागि आयोजित कार्यक्रमको सहजिकरण गर्दै नेपाल सरकारका पूर्व सचिव, संविधान बिद , सुशासन विज्ञ काशीराज दाहालले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले स्थानीय सरकार सञ्चालन र बजेट निमार्णको प्रक्रियामा जानकारी हुन आवश्यक रहेका बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दाहालले आम नागरिकको मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारी र काममा बफादारी भए सुशासन कायम हुने समेत बताए । एक दिने अभिमुखीकरण कार्यक्रमबाट जनप्रतिनिधि र कर्मचारीहरूको कार्य सञ्चालन र जिम्मेवारी लगाएका विषयमा जानकारी भएको कार्यक्रमका सभाध्यक्ष एवं बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई यस्ता प्रकृतिका कार्यक्रम आवश्यक रहेकोले आगामी दिनमा पनि पुनरताजकि कार्यक्रमहरू पालिकाले सञ्चालन गर्ने समेत अध्यक्ष साउँदे बताए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरूको काम कर्तव्य र अधिकार, बजेट निमार्ण प्रक्रिया, तनाव व्यवस्थापन लगायतका विषय बस्तुहरूको बारेमा जानकारी गराएको थियो । पालिकाको सभा हलमा सञ्चालन भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
