
जेठ १, डोटी
बोेगटान फुड्सिल गाउँपालिकामा रनिङ शिल्ड क्रिकेट प्रतियोगिता हुने भएको छ । बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक सहयोग तथा बोगटान युवा सञ्जालको आयोजनामा गाउँपालिका स्तरीय पुरुष क्रिकेट रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । यही जेठ ४ गतेबाट वडा नम्बर ७ चवराचौताराको चनुकाँडामा प्रतियोगिता सुरु हुने बोगटान युवा सञ्जालका महासचिव समीर केसीले जानकारी दिए । टिम दर्ता शुल्क रु दुई हजार पाँच सय रहेको बताउँदै जेठ २ र ३ गते टिम दर्ता गर्न सकिने उनले बताए ।

आइसिसीको नियम भित्र रहेर आयोजना हुन लागेको प्रतियोगिताको विजेताले नगद रु ३६ हजार छ सय ६६ का साथै ट्रफी र मेडल पाउने छ । त्यस्तै उपविजेताले नगद रु २५ हजार पाँच सय ५५, ट्रफी र मेडल, उत्कृष्ट खेलाडीले रु दुई हजार र मेडल, उत्कृष्ट ब्याट्सम्यानले रु एक हजार पाँच सय र मेडल र उत्कृष्ट बलरले रु एक हजार पाँच सय र मेडल पाउने छ ।

