रोल्पाका एक पुरुषको डुबेर डोटीमा मृत्यु

जेठ १ , डोटी

डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । शिखर नगरपालिका–७ लाटामान्डौ स्थित स्थानीय लुवाखडी खोलामा डुबेर ३६ वर्षीय दीपेन्द्र घर्तिमगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Sayalb

मङ्गलवार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका घर्तिमगरको स्थायी ठेगाना रोल्पा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

घर्तिमगर कामको शिलशिलामा डोटीमा रहेको खुलेको छ । घटनाको अनुसन्धानको लागि स्वयम घटना स्थलमा पुगेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।

Shaileshwori
Loading...