क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा

जेठ २, काठमाडौँ । 
क्रिकेटर सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा भएको छ । बुधवार उच्च अदालत पाटनले बलात्कार मुद्दामा उनलाई सफाइ दिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिएका छन् ।
Sayalb
क्यानले सार्वजनिक गरेको विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा गरिएको निलम्बन फुकुवा भएको उल्लेख छ । उनीमाथिको निलम्बन फुकुवा भएसँगै आइसिसी टी–२० विश्वकप २०२४ खेल्ने ढोका खुलेको छ ।
Shaileshwori
Loading...