७ गतेसम्म रौतहटका नेपाल–भारत सीमानाका बन्द

जेठ ५, रौतहट 

भारतीय सीमासँग जोडिएको रौतहटका सबै सीमानाका आज (शनिवार) देखि सोमवार जेठ ७ गते सम्म बन्द भएका छन् । भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गत सितामढी र पूर्वी चम्पारण जिल्लामा हुने निर्वाचनलाई लिएर नेपाल–भारत सीमा चुनाव हुनुभन्दा ७२ घण्टाअगाडि नै बन्द भएका हुन् ।

सितामढी जिल्लामा २० मे २०२४ र पूर्वी चम्पारण जिल्लामा २५ मे मा हुने निर्वाचनका लागि ७२ घण्टाअगावै नेपाल–भारत सीमानाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Sayalb

नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकअनुसार मतदान हुनुभन्दा ७२ घण्टाअगाडि नै बन्द गर्ने सहमतिअनुसार सीमानाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।

सितामढी जिल्लामा हुने निर्वाचनको लागि जेठ ५ गते राति १२ बजेदेखि जेष्ठ ७ गते राति १२ बजेसम्म रौतहटको राजदेवी नगरपालिका–९ ब्रह्मपुरीदेखि इशनाथ नगरपालिका–१ को बन्जाराहा नाका बन्द रहनेछन् ।

मे २५ मा पूर्वी चम्पारण जिल्लामा हुने निर्वाचनको लागि जेठ १० गते राति १२ बजेदेखि १२ गते राति १२ बजेसम्म इशनाथ नगरपालिका–१ देखि बौद्धिमाई नगरपालिका–७ बंकुलसम्मका सीमानाका बन्द रहनेछन् ।

भारतको निर्वाचनमा कुनै किसिमको अपराधिक गतिविधि हुन नदिन नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

Shaileshwori
Loading...