डोटीमा आई.पि.भि. खोप अभियान सञ्चालन हुँदै, १२ हजार बढीलाई खोप लगाइने

जेठ ६, डोटी ।
डोटी जिल्ला आई.पि.भि. खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १३ गतेदेखि २२ गतेसम्म जिल्लामा आई.पि.भि. खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । अभियानका लागि जिल्लाका नौ ओटै पालिकामा ४ सय ३८ खोप केन्द्र तोकिएको र सो खोप केन्द्रहरूबाट १२ हजार दुई सय ३७ जना बालबालिकालाई खोप लगाइन लागेको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले बताए ।
Sayalb
वैशाख २०७३ देखी असोज २०७५ को अवधिमा जन्मिएका बालबालिकालाई अभियान मार्फत खोप लगाइन लागेको हो । सो अवधिमा खोप अभावका कारण देशभरका १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकाले आई.पि.भि. खोपबाट वञ्चित भएका थिए । आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियो देखिने जोखिम हुँदा अभियान मार्फत खोप लगाइन लागिएको हो । नेपालमा आई.पि.भि. खोप २०७१ सालदेखि बालबालिकालाई लगाउन सुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार जेठ १३ गतेदेखि सुरु हुने अभियान बडिकेदार, बोगटान फुड्सिल, पुर्विचौकी गाउँपालिका र शिखर नगरपालिकामा १८ गतेसम्म सञ्चालन हुने छ । त्यस्तै सायल गाउँपालिकामा १९ गतेसम्म, दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकामा २० गतेसम्म, के.आई.सिंह गाउँपालिकामा २१ गतेसम्म र आदर्श गाउँपालिकामा २२ गतेसम्म सञ्चालन हुने छ ।
अभियानका क्रममा दिपायल सिलगढी नगरपालिकाका ५७ ओटा खोप केन्द्रबाट दुई हजार ४ सय ४८ जना, सायल गाउँपालिकाका ३७ खोप केन्द्रबाट एक हजार पाँच सय ७८ जना, के.आई.सिंह गाउँपालिकाका ४३ खोप केन्द्रबाट एक हजार चार सय ९३ जना र पुर्विचौकी गाउँपालिकाका ४९ खोप केन्द्रबाट एक हजार तीन सय ३८ जना बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएको छ । त्यस्तै शिखर नगरपालिकाका ७८ खोप केन्द्रबाट एक हजार तीन सय चार जना, आदर्श गाउँपालिकाका ४५ खोप केन्द्रबाट एक हजार एक सय ६२ जना, बोगटान फुड्सिल गाउँपालिकाका ३९ खोप केन्द्रबाट एक हजार ९३ जना, जोरायल गाउँपालिकाका ४५ खोप केन्द्रबाट एक हजार ७९ जना र बडिकेदार गाउँपालिकाका ३७ खोप केन्द्रबाट सात सय ४२ जना बालबालिकालाई खोप लगाइन लागेको छ ।
Shaileshwori
Loading...