सिड नेपाल स्थापनाको अवसरमा बिरामीलाई फलफूल वितरण 

समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले १८औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामी र पुज्यधर्मान्तक वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गरिएको समान पहुँच विकास केन्द्र (सिड) नेपालका अध्यक्ष यज्ञराज जोशीले बताए ।
Sayalb
जिल्ला अस्पतालमा बेड भर्ना भएका बिरामीलाई जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह, संस्थापक अध्यक्ष शेरबहादुर मल्ल  सहित कर्मचारी तथा पत्रकार सहभागी भई फलफूल वितरण गरिएको हो । यो संस्थालाई अहिले सम्म यो स्थानमा पुर्‍याउन सहयोग गर्ने कार्यसमितिका सम्पूर्ण पदाधिकारी , संस्थापक पदाधिकारी ,साधारण सदस्य , सल्लाहकार समिति ,अहिलेसम्म  जोडिनु भएका सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोग गर्ने साझेदार संस्थाहरू , स्थानीय तह,जिल्ला स्थित सरोकारवाला निकाय ,लक्षित वर्ग तथा सम्पूर्ण कर्मचारी र प्रत्यक्ष  अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण लाई सिड नेपालका अध्यक्ष जोशीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
Shaileshwori
Loading...