

जेठ ८, दाङ ।
दाङमा कार्यकक्षमै वडा अध्यक्ष माथि भाला प्रहार भएको छ । मङ्गलवार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि भाला प्रहार भएको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४ः३० बजे छातीको बायाँ भागमा भाला प्रहार गरेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
भाला प्रहार हुँदा घाइते भएका वडा अध्यक्ष विष्टको अवस्था गम्भीर छ । हाल उनको लमही अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्षलाई भाला प्रहार गर्ने नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
